एमाले अध्यक्ष ओली र पूर्ब राष्ट्रपति भण्डारीबीच आज भेटवार्ता हुँदै
काठमाडौं,४ साउन ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ ।

भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा आउन दिने र दिनु नहुने भन्ने बिषयमा एमालेमा तीब्र बहस भइ रहेका बेला एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे पूर्वराष्ट्रपति भण्डारी र ओलीबीच भेट हुन लागेको हो। भण्डारीको सदस्यता नवीकरण र पार्टीको जिम्मेवारीबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले आफू भण्डारीसँग भेट्ने बताएका थिए।
पोलिटब्युरो बैठकबाट ५ गते बस्ने केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने म्यान्डेट लिइएको थियो ।

