सुनुवार र सुनिताको नयाँ आधुनिक गीत ‘तिम्रो मायाँमा’ (भिडियो सहित )
काठमाडौं,२ साउन । चर्चित गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा नयाँ आधुनिक गीत ‘तिम्रो मायामा’ सार्वजनिक भएको छ ।

देवेन्द्र बरालको शब्द,पुष्कर सुनुवारको संगीत र एरेञ्ज, विप्लव अधिकारीको मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियोमा छायांकन मरुभूमि नारायण,सम्पादन मोहन सुनुवारको छ भने सुनिता राई र पुष्कर सुनुवारलाई भिडियोमा देखाइएको छ ।
यसको पोस्ट प्रोडक्सन मेलोडी नेपाल अनामनगरमा भएको हो ।

