एमालेले बोलायो सचिवालय बैठक,बिहीबार १ बजे बस्ने
काठमाडौँ,३२ असार । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार अनुसार यही साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो।
एमालेको आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुने छन्। जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ।

