सबैभन्दा सानो उमेरमा अङ्ग्रेजी भाषामा टेलिभिजन कार्यक्रम चलाउने अनुरिका गिरि सम्मानित



काठमाडौ,२७ । सबैभन्दा सानो उमेरमा नेपालमा अङ्ग्रेजी भाषामा टेलिभिजनमा कार्यक्रम सन्चालिकाका रुपमा कार्यक्रम चलाइरहेकी अनुरिका गिरि राजधानीमा आयोजित सम्मान कार्यक्रममा ‘युवा प्रतिभा पत्रकारिता सम्मान२०८२’ द्वारा सम्मानित भएकि छिन।

राष्ट्रिय नागरिक बिकास समाजद्वारा आयोजना गरिएको कार्यक्रममा
समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका ब्यक्तिहरुलाइ कृषि मन्त्री रामनाथ अधिकारीले सम्मान गर्नुभएको हो।

यो हो एच डि टेलिभिजनमा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा समाजका बिशिस्ट ब्यक्तित्व एवम बिदेशी कुटनितीज्ञहरुसङ्ग विभिन्न बिषयहरुमा अन्तरक्रिया कार्यक्रम चलाइरहेकी अनुरिका गिरिलाइ सानै उमेरमा टेलिभिजनमा उत्कृष्ट प्रस्तुति दिन सफल भएकोमा रास्ट्रीय नागरिक बिकास समाजले सम्मान गरेको हो।
सो समारोहमा बोल्नु हुँदै प्रमुख अतिथि कृषि मन्त्री अधिकारीले कृषिमा हामी सबै आत्मनिर्भर हुनु जरुरी रहेको र कृषिप्रधान देशको रुपमा पहिचान बनाएको नेपालमा कृषिको बिकास गर्न कृषि मन्त्रालय र आफू सदैव तल्लीन रहेको बताउनुभयो।
सो सम्मान कार्यक्रममा समाजका विभिन्न क्षेत्र हरुका तर्फबाट पर्यटन बिद, शिक्षा सेवि युवा उद्धमी ,पत्रकारिता एवम कला क्षेत्रमा रहेर योगदान पुर्याउनु भएका १२ जनालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्