रसुवा बाढीले नेपाल-चीन मार्ग बिच्छेद



काठमाडौं । चिनियाँ भूभागमा आएको भीषण वर्षासँगैको बाढीले रसुवामा पर्ने नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । बाढी बिहान ३ बजे आएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको बताउनुभएको छ ।

बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका झण्डै सय वटा बगाएको बताईएको छ । बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका अधिकारीले बताए ।

हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्यांक संकलन भइरहेको पनि उनले जानकारी दिए ।

यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।
बाढीका कारण त्रिशुली नदीको जल सतह ह्वात्तै बढेको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले भने नदीमा ठूलो बाढी आएका सचेत रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्