जिवन ज्योति मावि नेलेबाट एसइई उत्तीर्ण विद्यार्थीलाई नेबिसंघको सम्मान
सोलुखुम्बु, असार २२ । नेपाल विद्यार्थी संघले जिवन ज्योति माद्यमिक विद्यालयका २०८१ सालको माद्यमिक शिक्षा परीक्षा (एसइई) मा विभिन्न ग्रेडमा उत्तीर्ण विद्यार्थीलाई सम्मानित गरेको छ ।
जिल्ला शिक्षा समन्वय समिति अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका १ नेलेमा रहेको सो विद्यालयका ५० जना विद्यार्थीलाई सम्मानित गरिएको नेविसंघ सोलुखुम्बुले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरौलाले शिक्षक, अभिभावक,विद्यार्थीको सहकार्यले गुणस्तरीय शिक्षा कार्य गर्न सकिने भएकाले त्यसका लागि सरोकार वाला सम्पूर्ण कर्तव्य निष्ट भएर लाग्नु पर्ने बताउनु भएको थियो । यस्तै कांग्रेस महासमिति सदस्य नविन थापाले राज्यले शिक्षा क्षेत्रमा प्राप्त लगानी गर्न सकेको खण्डमा प्रतिफल आउने बताउनुभयो ।
बधाई तथा सम्मान कार्यक्रममा नेविसंघ पुर्व उपाध्यक्ष हिरा विश्वकर्मा, नेविसंघ जिल्ला अध्यक्ष नविन बस्नेत,विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग बहादुर बस्नेत,कांग्रेस नेता कुमार खड्का लगायतको उपस्थित रहेको थियो । कार्यक्रम जिवन ज्योति माद्यमिक विद्यालयका इकाइ अध्यक्ष सुजन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

