नेपालभाषामा धमाकादार गजबको गीत ल्यासे स्वःजुल सार्वजनिक



ललितपुर,२१ असार । ल्यासे स्वःजुल बोलको नेपालभाषामा धमाकादार गजबको गीत सार्वजनिक भएको छ। युगीन लेखक तथा निर्देशक पवन जोशीको शव्द–रचना तथा अनिल तुलाधरको संगीतमा समाजसेवी गायिका सरिता महर्जन र गायक स्वतन्त्र संसार महर्जनको गायनमा उक्त धमाकादार गीत सार्वजनिक भएको हो।

दिदीभाइको कथानकतामा आधारित उक्त रमाइलो गजबको गीतमा सुनिता ठाकुर र मनोज महर्जनको बेजोड अभिनय रहेको छ। आमा पछिको आमा भनेकै दिदी हो । यिनै दिदीको महत्वलाई दर्शाएको यस गीतमा भाइले बुहारी खोज्न दिदीलाई अनुरोध गरेको तथा दिदीले पहिला कमाइ गरेर सक्षम हुनु भनेर सम्झाएको यथार्थतालाई गीतले मौलिक सन्देश दिएको छ।

जसमा आँट, साहस र धैर्यको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन र समाजसेवी गाियका सरिता महर्जनको दमदार गायन प्रस्तुतिले गीतको शव्दलाई पुट गरेको छ। जुन युगान्तकारी बनेको छ। दिदीभाइको कथानकतामा नेपालभाषामा यति धेरै राम्रो गीत बनेको संभवत यो पहिलो नै हो।

प्रतिक्रिया दिनुहोस्