लक्जेम्बर्ग पठाइदिन्छु भनी १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं,२१ असार । वैदेशिक रोजगारीमा लक्जेम्बर्ग पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-४ बस्ने नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ घर भएका ४० वर्षीय भुप नारायण चौधरी छन्।
चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बिहीबार ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

