नेबिसंघले भन्यो,- ‘सतप्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको ब्यबस्था हुनुपर्छ ‘



काठमाडौं,१९ असार । प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा समितिमा छलफलको क्रममा रहेको‘विद्यालय शिक्षा विधेयक, २०८०’का सन्दर्भमा आफ्नो धारणा सार्बजनिक गर्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति गर्ने व्यवस्था लागू गर्न माग गरेको छ ।

त्यस्तै, इसिडीको सहजकर्ताहरूले शिक्षकको मान्याता दिइनुपर्ने नेविसंघको माग छ । शिक्षकहरूको मर्यादा, क्षमता, सेवासुविधा वृद्धि गरिनुपर्ने र अस्थायी शिक्षक, राहत शिक्षकका हकमा राहत प्याकेज व्यवस्था गर्न नेविसंघले भनेको छ ।

साथै, नेविसंघले विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने अडान कायमै राखेको छ । शिक्षा ऐन जारी नभए नेपाल विद्यार्थी संघ आन्दोलनका सशक्त कार्यक्रमहरू सार्वजनिक गर्नेसमेत नेविसंघको चेतावनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्