गायिका एलिना चौहानलाई गालीगलौज गर्ने एकजना पक्राउ
काठमाडौं,१९ असार । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अश्लील गाली गलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई हाल ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका गुन्जन राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, उनले एलिनाको सामाजिक सञ्जालमा अश्लील र आपत्तिजनक कमेन्ट गरेका थिए। घटनासँग सम्बन्धित प्रमाणको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई राईविरुद्ध थप अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जनाएको छ।

