एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ



नेपालगन्ज,१८ असार । बैंक घाेटाला प्रकरणमा सिआइबीकाे टाेलीले एमालेका केन्द्रीय सदस्य पशुपतिशमशेर मिश्रलाई पक्राउ गरेकाे छ ।

नेपालगन्जमा केन्द्रीय कार्यालय रहेकाे कर्णाली विकास बैंकमा २ अर्ब ५० कराेड हिनामिना भएकाे काण्डमा सिआइबीकाे टाेलीले मिश्रलाई पक्राउ गरेकाे हाे ।

मिश्र उक्त बैंकका पूर्व अध्यक्ष हुन् । नेपालगन्ज बजारबाट नै मिश्रलाई सिआइबीकाे टाेलीले पक्राउ गरेकाे हाे ।सिआइबीले यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र वित्त प्रमुख देवप्रकाशसिंह ठकुरीलाई पक्राउ गरिसकेको छ।

मधेश आन्दाेलनबाट उदाएका मिश्र एमाले चुनाव चिन्हबाट संघीय सांसद बनेका थिए भने पछि एमालेमा गएपछि उनले नेपालगन्ज उपमहानगरपालिकाकाे मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

डिएसपीकाे कमाण्डमा एक दर्जन सुरक्षाकर्मीसहितको सिआइबीकाे टाेली नेपालगन्जमा परिचालित छ । कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्