कौशलटारमा एक महिने सौन्दर्य कला सम्बन्धी तालिम सम्पन्न



भक्तपुर,१८ असार । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा जीएम ब्युटी सैलुनको सहकार्यमा हालै कौशलटारमा एक महिने सौन्दर्य कला सम्बन्धी तालिम सम्पन्न गरिएको छ ।

मध्यपुर थिमी नगरपालिकाका विभिन्न सीपमुलक तालिम योजना मध्य हालै स्वरोजगार तथा उद्दमशीलताको लागि लघु उद्दम बिकास (MEDPA) कार्यक्रम अन्तर्गतको सीप बिकास तालिम अन्तर्गतको पनि एक सीपमुलक यो सौन्दर्य कला तालिममा जीएम ब्युटी सलुन मार्फत विभिन्न उद्दमशील महिलाहरुलाई तालिम सकिएको प्रमाण पत्र तथा प्रविधी हस्तान्तरण गरि सम्पन्म गरिएको छ ।

उद्योग सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख अभयन्द्र रन्जित अध्यक्षता तथा मध्यपुर थिमी नगरपालिका वडा नं ३ का अध्यक्ष कृष्ण हरी आचर्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं.३का वडा सदस्य निर्माला परियार, वडा सचिव अञ्जु भट्टराई, उपकार साकोसका व्यवस्थापक कपिल ध्वजु, सिनियर कस्माटोलोजिस्ट, ब्युटिसियन तथा जीएम ब्युटी सलुनकी सञ्चालिका मन्दिरा खडका लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरु, पत्रकार लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि वडा नं. ३ का अध्यक्ष कृष्ण हरी आचार्य लगायत अतिथिले संयुक्त रुपमा तालिम प्राप्त गर्ने महिलाहरुलाई प्रमाणपत्र तथा सीपसंग सम्बन्धित प्रविधि हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिआचार्यले येस्तै विभिन्न सीपमुलक तालिम कार्यक्रमहरु नियमित रुपमा सञ्चालन भए सबै स्वोरोजगार हुने,आत्मनिर्भर हुने,विदेश धाउनु नपर्ने जस्ता विभिन्न सम्स्याको दिर्घकालिन समाधान हुने र यस्ता कार्यहरुमा आफुले जति सक्दो बजेट सरकारसंग अपिल गर्ने लगायत आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । साथै आफ्नो वडा, पालिकामा अब येस्तो कार्यहरुलाई अझै प्राथमिकताको श्रेणीमा राख्ने र आगामी आर्थिक वर्षमा अझै तीब्र रुपमा येस्तो कार्यक्रमहरुलाई अगाडी बढाउदै लाने कुरामा पनि जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्