ताप्लेजुङको सिदिङ्वामा पहिरोले घर पुरिँदा चार जना घाइते
ताप्लेजुङ,१८ असार । सिदिङ्वा गाउँपालिका-३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए।
घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो। कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
उनीहरूलाई उपचारका लागि पाँचथर लगिएको छ।

