‘न जिउँन सके न मर्नै सकें’ गीतको भिडियो सार्बजनिक
काठमाडौं,१५ असार । लोकप्रिय गीतकार प्रतिमा गुरुङको शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत,लोकप्रिय गायक सत्यराज आचार्यको आवाजमा ‘न जिउँन सके न मर्नै सकें’मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा संगीत संयोजन संजीव बराइलीको रहेको छ । गीतको भिडियोमा कन्सेप्ट,कथा गीतकार स्वयम् प्रतिमा गुरुङको रहेको छ भने भिडियोलाई निर्देशन केशब भट्टले गरेका छन । छायांकन उत्सब दाहाल, सम्पादन बिष्णु खड्काको रहेको छ ।
भिडियोमा स्मारिका ढकाल,सुरेश कोहली,गायक संगीतकार चिरन्जीवी भण्डारीको अभिनय दमदार अभिनय देख्न पाइञ्छ ।
भिडियोमा चोखो माया गरेको व्यक्तीले मायामा बिश्वाशघात पाएपछि हुने नकारात्मक उतार चढाबलाई देखाउन खोजिएको हो, यसको भाग दुई पनि आउँछ,त्यो अझ शसक्त कथामा आउँछ भन्छिन गीतकार तथा कथाकार प्रतिमा गुरुङ ।
गीतको भिडियो भने गायक संगीतकार चिरन्जीवी भण्डारीको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

