झण्डै १ सय २० किलो गाँजासहित दुईजना पक्राउ



सुनसरी, १५ असार । बराहक्षेत्र नगरपालिका-५ तीनकुनेबाट अवैध लागूऔषध गाँजा करिव १ सय २० किलोग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङ बिराटनगर महानगरपालिका-४ इक्राही बस्ने २६ वर्षीय धीरज गोसाई र जहदा गाउँपालिका-७ बस्ने २२ वर्षीय बिकास यादव रहेका छन्। पुरहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखेको ६ वटा पोकामा उक्त परिणामको गाँजा फेला पारी कार चालक धीरज र कारमा सवार बिकासलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्