अलमाइटी आइडियल मोडर्न स्कुलका ५ जना विद्यार्थीले SEE मा ल्याए ४ जीपीए
काठमाडौं,१४ असार । गोकर्णेश्वर नगरपालिका वडा नं ७ स्थित अलमाइटी आइडियल मोडर्न स्कुलका ५ जना विद्यार्थीले SEE मा ४ जीपीए प्राप्त गरेका छन् ।

१५ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ जीपीए ल्याउने विद्यार्थी ३३.३३% हुन् । बाँकी ५ जना विद्यार्थीको ३.९५, एकजना विद्यार्थीको ३.९१, तीनजना विद्यार्थीको ३.९० र एकजना विद्यार्थीको ३.८७ जीपीए आएको छ ।
विद्यालयको जम्मा औसत जीपीए ३.९४८ रहेको छ ।

