‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ
काठमाडौँ, १३ असार । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भेटवाल १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।

एपेक्स बैंक घोटालामा उनी तानिएका थिए ।

