पूर्बराजालाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते निर्मल निवास खुला रहने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औँ शुभ जन्मोत्सका अवसरमा असार २३ गते निवास खुला गरिने भएको छ ।

शुभ जन्मोत्सवका अवसरमा सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण,शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिने भएको पूर्बराजाको संबाद सचिवालयले जनाएको छ ।
जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि सो दिन निर्मल निवास खुला गरिएको संबाद सचिव फनिराज पाठकद्वारा बिहिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

