अव अदृश्य शत्रुहरूविरुद्ध नयाँ युद्ध लड्ने प्रचण्डको घोषणा
काठमाडौं,१२ असार ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अव अदृश्य शत्रुहरूविरुद्धको संघर्ष सुरु भएको बताउंदै ‘नयाँ युद्ध’ का लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै दाहालले हतियारको लडाइँ सकिए पनि प्रणालीभित्र
कर्मचारीतन्त्र, दलाल पुँजीवाद र बिचौलियाहरू अदृश्य शत्रुका रूपमा रहेको बताए । उनले भने, ‘हामीले युद्धबाट राजनीतिक व्यवस्था त बदल्यौं, तर त्यो व्यवस्था चलाउने संयन्त्र हाम्रो अनुकूल छैन। त्यसैले हाम्रो लडाइँ अझै सकिएको छैन, यो नयाँ चरणको लडाइँ हो।’
युद्ध र क्रान्तिबाट राजनीतिक प्रणाली परिवर्तन गरे पनि राज्य संयन्त्र (कर्मचारीतन्त्र, न्यायालय) पुरानै अवस्थामा रहेकाले जनताको पक्षमा ल्याइएका ऐन-कानुन समेत कार्यान्वयन हुन नसकेको उनको भनाई थियो। file foto

