युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ
युके र कतार पठाइदन्छुि भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,१२ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले युके र कतार पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ तारकेश्वर नगरपालिका-६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका-३ घर भएका ३१ वर्षीया नबिना दाहाल घिमिरे र काठमाडौं कागेश्वरी महोहरा नगरपालिका-९ बस्ने सर्लाही कौडेना गाउँपालिका-४ घर भएका ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरेको हो।
पक्राउ मध्ये नबिनाले युके पठाइ दिन्छु भन्दै २ जना पीडितहरुबाट ५२ लाख रुपैयाँ र लछुमनले कतार पठाइ दिन्छु भन्दै ३ जना पीडतिहरुबाट ६ लाख रुपैयाँ लिइ सम्पर्क बिहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नबिनालाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट मंगलबार र लछुमनलाई काठमाडौं महानगरपालकिा-३२ काँडाघारीबाट बुधबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार बिभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

