पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं,८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शवदाह मेसिन खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले भारतीय रुपैयाँ ३२ लाख ५० हजार पर्ने शवदाह मेशीनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख पर्ने देखाई एवं प्रचलित कानूनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वभाविक रुपले बढी लागत अनुमान तयार गरे अख्तियारको आरोप छ ।

सो मुद्दामा सदस्य सचिव डा.थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरु पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरीलगायतलाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्