माओवादी केन्द्र सोलु दुधकुण्ड नगर समितिको दोश्रो सम्मेलन सम्पन्न, ३९ सदस्यीय समिति चयन



सोलुखुम्बु,२९ जेठ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सोलुदुधकुण्ड नगरपालिका समितिको अध्यक्षमा शम्भु राई दोहोरिनुभएको छ । विहिबार सम्पन्न नगरपालिका समितिको दोस्रो नगर सम्मेलनले राईसहित ३९ सदस्यीय नगरपालिका समिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा धनराज तामाङ,राजकुमार गुरुङ र शारदा माया तामाङ रहनुभएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरसमितिको सचिवमा दिनेश मगर,सहसचिवमा किरण राई,मंगल विक र कोषाध्यक्षमा नेमि तामाङ निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्र सोलुदुधकुण्ड नगरपालिका समितिका अध्यक्ष शम्बु राईको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेम कुमार राई(शुरवीर)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमलाई प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज असिम राई,प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज नाम्गेल शेर्पा लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्