१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ओखलढुंगामा एकजना पक्राउ



ओखलढुङ्गा,२९ जेठ । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

चिशंखुगढी गाउँपालिका-६ भदौरे बस्ने २० वर्षीय भूपेन्द्र मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

भूपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्