फ़ेरि पछि सर्‍यो संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको निर्णय सुनाउने दिन



काठमाडौं,२८ जेठ। बहुप्रतिक्षित संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको निर्णय सुनाउने मिति फ़ेरि पछि सरेको छ । चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने प्रतीक्षा गरिएको भए पनि अन्तिम समयमा फेरि अर्को दिन निर्णय दिने सूचना इजलासमा सुनाइएको छ। तर,अर्को मिति भने तय भएको छैन ।

सर्वोच्चको संवैधानिक इजलासमा गत जेठ १ गते सुनुवाइ सकेर आजका लागि निर्णय सुनाउने दिन तोकिएको थियो।आज बुधबार बिहानैदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको चेम्बरमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छलफलमा जुटेका थिए।

निकै गोप्य तबरमा भएको छलफलका विवरण बाहिर सार्वजनिक भएको छैन। १४ वटा निवेदन यही विषयमा परेका थिए। ती सबै निवेदन एकसाथ राखी सुनुवाइ भएको थियो।

प्रतिक्रिया दिनुहोस्