टर्च चार्ज गर्ने क्रममा करेन्ट लागेर ओखलढुंगामा एक महिलाको मृत्यु



काठमाडौं, २८ जेठ । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाउँपालिकाको वडा नं ३ तनुवा बस्ने ४६ वर्षीया बिष्णुमाया सुनुवार छन् । आफ्नै घरमा टर्च चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता,सिराहाको लहान नगरपालिका-१९ छरापट्टी बस्ने ५० वर्षीय रामचन्द्र मण्डलको पनि करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा विद्युतीय मोटर जडान गरी चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्