१४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
पर्वत,२५ जेठ ।१४ वर्षीया जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका-१ पाङ बस्ने ३२ वर्षीय सुरेन्द्र किसान छन्। सुरेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

