युट्युबमा आयो चलचित्र ‘जन्तीबाख्रो’



काठमाडौं,२४ जेठ । चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ । उत्तम केसीको कथा,सुवास गौतमको निर्देशन रहेको ‘जन्तीबाख्रो’युट्युबमा आएको हो । दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको‘जन्तीबाख्रो’मा अर्जुन गुरुङ,विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत,मुकुन्द मैनाली,आयुस दाहाल,मिना जिसी, ज्योत्सना मगर,भुवन हुमागाईं,मनोज केसी,मनिषा रिजाल,नवराज तिवारी,भूमिका दाहाल,सानुप्रसाद घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।

ब्राण्ड यु पिक्सचर्स प्रालिका लागि उत्तम केसीको प्रस्तुति रहेको यस चलचित्रको गीतमा शुभबहादुर सुनामको संगीत,प्रमोद ढुंगानाको शब्द रचना र पुस्कर सुनुवारको स्वर एवं एरेञ्ज रहेको छ । साजन घलेको छायांकन तथा सम्पादन रहेको यो चलचित्र चुइँचुइँ पारेर अनलाइन टिभीमा आएको छ । बिहेमा खुवाइने भोज जन्तीबाख्रो र बिहेको परम्परा पासा खेल्ने,माहुर खुवाउने, शिलक भन्ने,खैजडी भजन सहितकोलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिएको छ यसमा।

प्रतिक्रिया दिनुहोस्