अब पनि आचरण परिवर्तन नगरिए गणतन्त्रले काम गर्दैन : डा. कोइराला
काठमाडौँ,१६ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले
अब पनि आचरण परिवर्तन नगरिए गणतन्त्रले काम नगर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन्। उनले प्रजातान्त्रिक संस्कार,आचरण र मूल्य मान्यताका लागि फेरि लड्नुपर्ने आवश्यक भएको बताएको बताए।
हामीले हाम्रो आचरणलाई परिवर्तन गर्नुपर्यो,आचरण फेरि फर्काउनुपर्ने आवश्यकता छ,उनले भने-‘त्यो फर्किएन भने जतिसुकै गणतन्त्र,लोकतन्त्रको कुरा गरौँ,त्यसका लागि मैले बोलिरहेको हो। कसैलाई व्यक्तिगत रूपमा आक्षेप लगाउन खोजेको होइन।’
नेता कोइरालाले आफूलाई पार्टीभित्र राम्रो नमान्ने उल्लेख गर्दै उनले भने, ‘मलाई सधैँ घोच्छन्, शेखर कति खोट मात्रै देखाइरहन्छ भन्छन्। मैले कसैलाई व्यक्तिगत रूपमा खोट देखाउन खोजेको होइन। लोकतान्त्रिक आचरणमा बसेर अगाडि बढौँ भनेको हो। राम्रो काम गर्न सकिँदैन भने घरमै बसौँ। दण्डहीनताले अप्ठ्यारो नपरोस्, सुशासन दिन सकौँ भनेर मात्रै हो।’-फाईल तस्बिर

