थुलुङ दुधकोशीमा तीनदिने उद्घोषण तालिम सम्पन्न



सोलुखुम्बु,१६ जेठ । एभरेष्ट सामुदायिक सिकाई केन्द्र थुलुङ दुधकोशी गाउँपालिका-५ द्धारा आयोजित तीन दिने उद्घोषण तालिम सकिएको छ । तीन दिन देखि जारी उक्त तालिम बिहिवार सम्पन्न भएको समुहका सदस्य भुपाल सिं राईले जानकारी दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४, ५ र ९ लाई कार्य क्षेत्र बनाइ काम गरिरहेको सिकाई केन्द्रले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरि तालिम सञ्चालन गरेको जनाएको छ । उक्त तालिममा चार वटा माध्यमिक विद्यालयका ४२ जनाको सहभागीता रहको पनि सदस्य राईले जानकारी दिनुभयो ।

दक्ष तथा कुशल उद्घोषक उत्पादन गर्ने उदेश्य सहित सञ्चालित तालिम प्रभावकारी भएको सहभागीको भनाई छ । तालिम लिनुपुर्व सामान्य बोल्न समेत नसक्ने भएपनि तालिम पश्चात खुलेर आफ्नो भनाई व्यक्त गर्न सक्ने भएको सहभागी राजु बस्नेतको भनाई छ । आफ्नो भनाई राख्ने देखि कार्यक्रम सञ्चालन सम्म गर्ने सक्ने बनेको बताउँदै सहभागी यामी राईले आयोजक र प्रशिक्षकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्तै अर्का सहभागी उमा पुरीले तालिममा सिकेको कुरा भविष्यमा समेत प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तालिमका प्रशिक्षक तथा वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहनुभएका गाउँपालिका प्रवक्ता भोजराज कार्कीले छोटो समयमा सहभागीले धरै कुराहरु व्यबहारमा प्रयोग गर्न सक्नुनै उपलब्धीमुलक रहेको बताउँनुभयो ।

सहभागीले प्रभावकारी ढंगबाट कार्यक्रम सञ्चालन देखि प्रभावकारीरुपमा मनतव्य समेत राख्न सक्ने देखेपछि गाउँपालिका उपाध्यक्ष सविता राईले खुसी व्यक्त गर्नुभयो । थुलुङ दुधकोशी गाउँपालिकाले दक्षजनशक्ती उत्पादन गर्ने गरि बजेट ब्यवस्था गरि कार्यक्रम सञ्चालन गर्ने गरेको स्मरण गर्दै उहाँले भविष्य निर्माणमा जोड दिइएको बताउँनुभयो ।

एभरेष्ट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष अंक बहादुर बनले सिकेको सीपलाई व्यबहारमा प्रयोग गर्न आग्रह गर्नुभयो । मानिसको हरेक जीवनमा आवश्यक पर्ने उद्घोषण कला सम्बन्धि तालिम सञ्चालन गर्दा सकरात्मक तथा उत्साहजनक प्रतिक्रियाले थप कार्यक्रम सञ्चालन गर्ने प्रेरणा मलेको भन्दै सबैको आकर्षणको केन्द्रको रुपमा एभरेष्ट सिकाइ केन्द्रदलाई स्थापित गर्ने गरि काम गरिरहेको बताउँनुभयो ।

तीन दिने तालिम जनसेवा माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्