नेपाली काँग्रेस सोलुखुम्बुको संगठन बिभागमा पदाधिकारी तथा सदस्य मनोनीत



सोलुखुम्बु,१४ जेठ । नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीको संगठन बिभागमा पदाधिकारी तथा सदस्यहरु मनोनयन गर्नुभएको छ ।

जिल्ला कार्य समिति सदस्य चन्द्र आचार्य प्रमुख रहेको सो बिभागमा नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद-१७ नियम-४८ को उप-नियम ३ ‘क’ बमोजिम पदाधिकारी तथा सदस्यहरु मनोनयन गरिएको सभापति शेर्पाद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिभागको उपप्रमुखमा डवाङ् ठिले शेर्पा (सोलुदुधकुण्ड नगरपालिका-८) र सचिबमा कर्णबहादुर विश्वकर्मा (माप्य दुधकोशि गाउँपालिका-५) रहेका छन् ।

यसैगरी सदस्यहरुमा बलुम्विर नाछिरिङ( सोताङ),कुलध्वज मगर, (सोलुदुधकुण्ड ), द्रोण बास्तोला (नेचासल्यान),भै बहादुर राई (माप्य दुधकोशि),कुमार बहादुर खड्‌का (थुलुङ दुधकोशी),दावा ग्यालजेन शेर्पा(खुम्बु पासाङल्हामु)हुर्व बहादुर खड्का, (सोलुदुधकुण्ड),भक्ति कुमार राई, (महाकुलुङ),जिमी साङ्गे शेर्पा, (लिखुपिके),अमृता राई(माप्य दुधकोशी),खेचर राई(नेचासल्यान) र गौरव राई (थुलुङ दुधकोशी) रहेका छन् ।

विभागमा पदाधिकारी तथा सदस्यहरुको मनोनयनले समग्र संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान गर्ने बिश्वास समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्