जिउँदै ईटाभट्टामा मान्छे जलाएर हत्या गरेको आरोप लागेका आलमलाई अदालतको सफाइ
वीरगञ्ज,१४ जेठ । नेपाली कांग्रेस नेतासमेत रहेका पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमले उच्च अदालत जनकपुरबाट सफाइ पाएका छन् ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधवार आलमलाई सफाइ दिएको हो । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु तथा अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।
२०८१ वैशाखमा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफ्ताबका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।
संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो ।

