बुटवलमा श्रीमती र दुई छोरीको हत्या गर्ने ब्यक्ति पक्राउ
रूपन्देही, १४ जेठ । धारिलो हतियार प्रयोग गरी श्रीमती र दुई छोरीको हत्या गर्ने एक ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ मिलिजुली पथ बस्ने ३५ वर्षीय सुजन कोइराला छन्।पूर्व श्रीमती दीपालाई आफ्नै घरमा बोलाई आपसी विवादको क्रममा धारिलो हतियार र हथौडा प्रहार गरी उनीहरूको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवल,वडा प्रहरी कार्यालय बुटवल र अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले बुधबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनले पाल्पा तानसेन नगरपालिका-१ ठेगाना भएकी ३३ वर्षीया दिपा बस्याल र उनके छोरीहरू ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेका थिए।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

