प्रधानमन्त्री ओलीका कारण देश मुठभेडतर्फ जान लागेको डा. कोइरालाको आरोप



पाँचथर,१३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीका कारण देश मुठभेडतर्फ जान लागेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस फालेलुङ गाउँपालिकाले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको बताउँदै सो आरोप लगाएका हुन्।

आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले राजाबादीले आन्दोलन घोषणा गरेको दिन जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए ।

सोही कुरा तर्फ लक्षित गर्दैन उनले भने-‘ओलीजीले जथाभाबी बोलिरहनुभएको छ।’प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौँ कब्जा गर्न निर्देशन दिन नमिल्ने कोइरालाको भनाई थियो।
-फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्