कामीरिता शेर्पा ३१औं पटक सगरमाथाको शिखरमा



काठमाडौं,१३ जेठ । पर्वतारोही कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले बताएका छन् । यो सँगै उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए । भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका रहेको बताइएको छ । अघिल्लो वर्ष उनी ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्