पूर्ब सभामुख महरासंग नाम जोडिएकी रोशनी शाही मृत फेला



काठमाडौं,११ जेठ । पूर्ब सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्।

जाजरकोट घर भएकी वर्ष ५० की रोशनी शाही आइतबार दिउँसो १ बजे भक्तपुरस्थित सुर्यविनायक नगरपालिका ३ बालकोट बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महत्तोको ३ तल्ले पक्की घरको पहिलो तलामा मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी परिसरका प्रवक्ता ढुण्डराज नेउपानेले चुकुल लगाई घोप्टो परि मृत अवस्थामा रहेको र बाहिरी चोट पटक केही नभएको बताए। उनका अनुसार मृतक शाहीका श्रीमान चित्रजंग शाही काम विशेषले उपत्यका बाहिर गएको र छोराछोरी विदेशमा रहेको भन्ने बुझिएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्