नक्कली असई सक्कलीको फन्दामा



कैलाली, ११ जेठ । ब्यूरोबाट खटिए आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ शिबनगर बस्ने २६ वर्षीय निराजन थापा छन् । धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थति धामी होटलका सञ्चालकलाई बिगत २/३ दिनदेखि पटक पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्