ओङ्छु शेर्पा ट्रष्टको सहयोगमा सरस्वती आविका २० छात्रछात्रालाई झोला बितरण
सोलुखुम्बु,२ जेठ ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीहरुलाई झोला बितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं २ स्थित मुक्लीको सरस्वती आधारभूत विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा २० जना छात्रछात्रालाई झोला बितरण गरिएको स्थानीय खेम बहादुर गुरुङले जानकारी दिए।
नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा र अस्बिन थापाको समन्वयमा ओङ्छु शेर्पा ट्रष्टले विद्यार्थीहरुलाई सो झोला उपलब्ध गराएको गुरुङले बताए।

