रक्षामन्त्री राईको फोटोसहित शेर्पाले गरे सगरमाथाको सफल आरोहण



सोलुखुम्बु,७ जेठ । रक्षामन्त्री मानबीर राईको फोटोसहित एक आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ लोखिम सफर्म निवासी जाङ्बु शेर्पाले मन्त्री राईको फोटोसहित सगरमाथाको सफल आरोहण गरेको मन्त्री राईको सचिवालयले जनाएको छ ।

शेर्पा गत सोमबार सगरमाथाको चुचूरोमा पुग्न सफल भएका थिए ।उनको यो दोश्रो सगरमाथा आरोहण हो।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री राई ०७९ को निर्बाचनमा सोलुखुम्बुबाटै प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्