धार्मिक तथा सामाजिक कार्यमा जङ्क फुड तथा कार्बोनेटेड सामाग्री प्रयोग नगर्न आग्रह



दावा जाङ्बु शेर्पा,सोलुखुम्बु,२ जेठ । सोलु दुधकुण्ड नगरपालिका वडा नं ३ मा सक्रिय लोदिङ सृजनशील युवा क्लबले धार्मिक पाठ्पुजा तथा सामाजिक कार्यहरुमा प्लास्टिक ब्याग जङ्क फुड तथा कार्बोनेटेड सामाग्री प्रयोगमा निषेध गर्ने भएको छ।

क्लबको बैशाख २९ गते बसेको कार्यसमिति र सल्लाहकाहरुको भर्चुअल बैठकले उल्लेखित सामाग्री तथा खाद्य पदार्थले मानव स्वास्थ्य साथै वातावरणमा नकारात्मक असर पार्ने भएका कारण सार्बजनिक कार्यक्रममा निषेध गर्ने निर्णय गरेको अध्यक्ष गेलु शेर्पाले जानकारी दिए । यो निर्णयले नगरपालिकाको फोहोर मैला व्यवस्थापनलाई समेत सहयोग पुग्ने उनले बताए ।

बैठकले परम्परागत रूपमा प्रयोग हुँदै आएका स्थानीय उत्पादनहरू(आलु, स्याउ, मकै, खप्से, सेलरोटी, मौसमी फलफूल) लाई नै प्रसादको रूपमा प्रयोग गर्न पनि स्थानीयलाई आग्रह गरेको छ । स्थानीय उत्पादनको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने र किसानलाई समेत सहयोग अध्यक्ष शेर्पाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्