राप्रयुसंघका अध्यक्ष केसी पक्राउ,तत्काल रिहा गर्न शाहीको माग
काठमाडौं ।राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो । केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत अनुसन्धान भइरहेको जनाइएको छ ।
केसीको पक्राउको बिषयलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायत अन्य नेताहरुले कडा बिरोध जनाएका छन्। प्रबक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई गिरफ्तार गरिनु गैरकानुनी एवं असंवैधानिक रहेको प्रतिक्रिया व्यक्त गरेका छन्।
उनले सामाजिक संजालमा अभिव्यक्ति दिएकै भरमा,अन्यायको विरुद्ध बोलेकै भरमा पक्राउ गरिनु गलत भएको भन्दै सामाजिक सञ्जालमार्फत अबिलम्ब रिहा गर्न माग गरेको छ।

