२५६९ औँ बुद्ध जयन्तीका अवसरमा रोमानियामा तेस्रो शान्तिपूर्ण र्‍याली आयोजना गरिने



दावा जाङ्बु शेर्पा,३१ बैशाख । २५६९ औं बुद्धजयन्तीका अवसरमा शनिबार शान्तिपूर्ण र्‍यालीको आयोजना गरिने भएको छ।

नेपाल तामाङ घेदुङ रोमानियाको आयोजना,काग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयोजन तथा नेपाली समाज,शेर्पा किदुग रोमानिया,नेपाल मगर समाज,तमु समाज र नेपाल किराँत सेवा समाज रोमानियाको सह-आयोजनामा बुखारेष्टको संसद भवन अगाडि रहेको कन्सिच्यूसन स्क्वायरबाट दिउँसो २:३० बजे शुरु हुने शान्तिपूर्ण सो र्‍याली युनेरी हुँदै पुन:संसद भवनमा पुगेर कोण सभामा परिणत हुने जनाईएको छ।

बुद्धको शान्ति,अहिंसा र सहिष्णुताको सन्देश प्रवाहित गर्ने
कार्यक्रममा गुरुहरुबाट मोलम पाठ तथा पूजा-पाठ समेत गरिने आयोजकले जनाएको छ । आयोजकहरूले रोमानियामा रहेका सम्पूर्ण नेपाली समुदाय,संघसंस्थाका प्रतिनिधिहरू तथा बुद्ध धर्मप्रति श्रद्धा राख्ने सबैलाई कार्यक्रममा सक्रिय सहभागिता जनाइदिन अनुरोध गरेका छन्।

भगवान गौतम बुद्धको जन्मस्थल नेपाल हो भन्ने कुराको प्रचार प्रसार गर्नु र उहाँले दिएको शान्तिको सन्देश विश्वभर फैल्याउन सहयोग पुगोस् भन्ने कार्यक्रमको उद्देश्य रहेको बताईएको छ ।

यस कार्यक्रममा किराना पसस,द आदिती किचन,एभरेष्ट रेष्टुरेन्ट र माछापुच्छ्रे रेष्टुरेन्टले सहयोगी भूमिका निर्वाह गर्नेछन।

प्रतिक्रिया दिनुहोस्