साहित्यकार एल बी क्षेत्रीको ‘अमेरिकामा ४३ दिन’कृति लोकार्पित
वैशाख ३०,काठमाडौँ । साहित्यकार एल बी क्षेत्रीको नविनतम संस्मरणात्मक कृति ‘अमेरिकामा ४३ दिन’लोकार्पण गरिएको छ।

महिला साहित्यकार समूहद्वारा सोमबार आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कवि लक्ष्मी मालीसंगै कार्यक्रमकी अध्यक्ष कवि उषा शेरचन लगायतले लोकार्पण गर्नुभएको हो । लोकार्पित कृतिबारे डा. सिर्जना शर्मा र डा. अशोक थापाले समीक्षा गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कवि माली,कार्यक्रमका अध्यक्ष शेरचन, कृतिकार एल बी क्षेत्री लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
महिला साहित्य समूह काठमाडौंका संयोजक कवि रिता खत्रीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

