बेचबिखनका लागि दुई युवतीलाई भारततर्फ लिएर जाँदै गरेका एक युवा बीरगञ्जबाट पक्राउ



पर्सा, २५ वैशाख । मानव बेचबखिन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-२ घर भएका २४ वर्षीय रोजन भुजेल छन्।

वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ जान लागेका भुजेल र २ जना युवतीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोमबार साँझ नियन्त्रणमा लिएको थियो । थप अनुसन्‌धानको क्रममा भुजेलले ती युवतीहरूलाई हेटौंडा तथा वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाई दिने प्रलोभनमा पारी बेचबखिन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको छ।

उनी उपर मानव बेचबखिन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिको कसूरमा जिल्ला पर्साबाट ५ दिन म्याद थप अनुमतिलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्