आन्दोलनमा सरकारले घुसपैठ गराएको शिक्षक महासंघको आरोप



काठमाडौं,१४ बैशाख । नेपाल शिक्षक महासङ्घले शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ ।

आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्त आन्दोलनलाई बिथोल्न सरकारको घुसपैठ उदाङ्गो भएको भन्दै उनले भोलिदेखि गुणा शिक्षक सडकमा उतार्ने घोषणा गरे।

‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन । शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो । ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्,’ उनले भने ।

आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा आइतबार दुई दर्जन बढी शिक्षक घाइते भएका छन् ।-file foto

प्रतिक्रिया दिनुहोस्