मोरङका स्रष्टा नवराज पोखरेल‘नवशिला’को‘शिलाजित’ मुक्तक सङ्ग्रहको लोकार्पण
मोरङ । मोरङका लेखक तथा स्रष्टा नवराज पोखरेल‘नवशिला’को दा्स्रो एकल कृति ‘शिलाजित’ मुक्तकसङ्ग्रहको लोकपर्ण गरिएको छ ।

‘हामी र हाम्रो कृति समाज’को आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले सो कृतिको कृतिको लोकार्पण गरेका हुन् ।
लोकार्पित कृतिमाथि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष एवम् समीक्षक बाबुराम पोखरेल,लेखक तथा अनुसन्धाता केशु विरही र कवि रोहिणी रसिकले समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य,वरिष्ठ साहित्यकार उपद्रष्टा हर्कमान तामाङ,बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भूपेन्द्रप्रसाद कोइराला,झोराहाट नाट्य समाजका अध्यक्ष एवम् कवि भरत गुरागाईं बर्बरिक,वरिष्ठ साहित्यकार छवि वैरागी घिमिरे, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला,हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेती लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा लेखककी ८४ वर्षीय मावलकी हजुरआमा मधुमाया भट्ट, बुवा लक्ष्मीप्रसाद पोखरेल,आमा दुर्गादेवी पोखरेल,सासुआमा कमला भण्डारी र ससुराबुवा झलकबहादुर भण्डारीलाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो ।
झापा,मोरङ,सुनसरी लगायतका स्थानबाट लेखक तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा श्रेष्ठ परिक्रमा,रमेन्द्र कोइराला,मञ्जुश्री गिरी,एकराज भट्टराई,मदन भण्डारी,प्रिन्स प्रमोद ढकाल,निकीशारानी पोखरेल,राधा भट्टराईलगायतले रचना वाचन गरेका थिए ।
हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने मनको बहका प्रस्तोता निर्जल प्रशान्त लेखकले गरेका थिए।
मुक्तकलाई प्राथमिकतामा राखेका पोखरेल कविता,गजल,कथा, लघुकथा,बालसाहित्य विधामा समेत कलम चलाउँदै आएका छन् । बेलबारी –२,लालभित्ती,मोरङ स्थायी ठोगाना रहेका पोखरेलका यसअघि नै व्यङ्ग्य कन्तुर(संयुक्त टुक्का कवितासङ्ग्रह)२०८०,हामी र हाम्रो कृति(संयुक्त मुक्तकसङ्ग्रह)२०८१,हामी र हाम्रो मुक्तकसङ्ग्रह(संयुक्त मुक्तकसङ्ग्रह)२०८१ र नवशिला(मुक्तकसङ्ग्रह) गरी विभिन्न कृति प्रकाशित भइसकेका छन् ।

