अनेरास्ववियु सोलुखुम्बुले दियो एसईई परीक्षाका झण्डै तीन सय परीक्षार्थीलाई कलम उपहार



सोलुखुम्बु । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी सोलुखुम्बुले झण्डै तीन सय विद्यार्थीहरुलाई अबिर लगाई दिएर एउटा कलम उपहार दिएको छ।

आजबाट सुरु एसईई परीक्षामा सहभागी सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीस्थित जनजागृती नमुना माध्यमिक विद्यालय र जनजागृती आधारभूत विद्यालय केन्द्रका परीक्षार्थीहरुलाई अबिर लगाई दिएर कलम उपहार दिएको हो।

एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुलाई उर्जा,हाैसला र प्रेरणा मिलाेस भन्ने उद्देश्यका साथ परीक्षा सुरु हुनुअघि अविर लगाई दिएर कलम उपहार दिइएको जिल्ला कमिटी संयोजक नरेन्द्र कुलुङले जानकारी दिए।

सो अवसरमा सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ का वडाध्यक्ष मिङमार तामाङ,वडा नं ४ का वडाध्यक्ष युवास तामाङ तथा पूर्ब विद्यार्थी नेताहरु वीर उदास श्रेष्ठ, दीपक राजभण्डारी,किशोर कट्वाल,कल्पना राई, धन कुमार विश्वकर्मा लगायतको उपस्थिति रहेको उनले बताए ।

कुलुङले परीक्षामा सहभागी विद्यार्थीहरुको सफलताका लागि शुभकामना समेत व्यक्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित यस बर्षको एसईई परीक्षा आजबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्