यथास्थितिका विरुद्ध एकजुट हुन आम समुदायलाई राष्ट्रिय मातृभूमि पार्टीको आव्हान
काठमाडौं,६ चैत।राष्ट्रिय मातृभूमि पार्टीले यथास्थितिका विरुद्ध एकजुट भई आमूल परिवर्तन र अग्रगमनको बाटोमा संलग्न हुन आम समुदायलाई आव्हान गरेको छ ।

पार्टीका महासचिव गोबिन्द गिरीले बुधबार एक बिज्ञप्ति प्रकाशित गर्दै सो आव्हान गरेका हुन्।वर्तमान संविधानले व्यवस्था गरेको शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा राज्यको अव्यवस्थापनले देश र जनताको हित तथा कल्याण हुन नसकेको साथै वेथिति र भ्रष्टाचार चरम चुलीमा पुगेको, परनिर्भरता अचाक्ली बढेको, बेरोजगारी बढेर लाखौं युवा विदेश पलायन भएको, सार्वजनिक व्ययभार देशको अर्थतन्त्रले थाम्नै नसबने स्तरमा पुगेको जस्ता कारणले जनता पुनः अर्को विद्रोहको तयारीमा उत्रिन थालेको भन्दै गिरीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ- एकातिर राजनीतिक वितृष्णाले उब्जाएको जनताको बिद्रोह र अर्कोतिर सत्ता, संसद र सरकारको आडमा स्वयं सत्तासीन दलहर नै मुठभेड र अराकजकतातर्फ उन्मुख हुदै गएकोमा यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
तमाम विकृति, विसंगति र अस्थिरताको मूल कारक तत्च वर्तमान संसदीय व्यवस्था रहेकोमा संशोधन गरी मुलुकलाई निकास दिने भन्दै दुई ठूला राजनीतिक दल सत्तासीन भएपछि संविधान संशोधन वारे प्रारम्भिक छलफलसम्म अगाडि नबढाई अध्यादेशबाट मुलुक चलाउने र थप भ्रष्टाचार र वितिको आहालमा देशलाई चुर्लुम्म डुवाउने दुष्कर्म गरेका छन्। यथास्थितिबाट मुलुकलाई निकास दिन वर्तमान संविधान असफल भइसकेको छ भने राजाबादीहरुले भन्दै आएको २०४७ को असफल भइसकेको संविधानको पुनस्थापनाबाट पनि मुलुकले कुनै निकास पाउन सक्तैन ।
विकृति र विसंगतिपूर्ण संसदीय शासन प्रणालीलाई विस्थापित गरी राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको सिद्धान्त स्थापित गर्न यो पार्टीले आफ्नो घोषणापत्र मार्फत शासकीय स्वरुपका नवीन अवधारणा अगाडि सारेको छ । साथै, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री डाइरेक्ट डेमोक्र्यासी, राइट टु रिजेक्ट, राइट टु रिकल, मौलिक नेपाली पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा विधायिकाको व्यवस्था, विद्यायकहरु मन्त्री हुन नपाउने, प्रदेश संरचनाको खारेजीका साथै स्थानीय तहको पुनसंरचता गरी भप अधिकार सम्पन्न बनाइने, न्यायपालिकाको पुनसंरचना न्यायधीशकी पुन नियुक्ति, भ्रष्टाचार बेथितिमा सलग्न सबैको छानबिन र सत्ताको आडमा ढाकछोप गरिएका भ्रष्टाचारका फाइल खोली भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्न विशेषाधिकार सम्पन्न आयोग गठन गर्ने लगायतका विषयहरु पार्टीले अंगीकार गरेको छ। यी शासकीय स्वरुपको आधारमा सहमति संविधान निर्माण गरी मुलुकलाई पचास्थितिवाट निकास दिई अग्रगमन, दिगो विकास, आत्मनिर्भर अर्थतन्त्र र सुदृढ राष्ट्रियताको बाटो तर्फ अघि बढ्ने हाम्रो सोच रहेको छ ।

