नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुमा नयाँ कार्यसमिति चयन , अध्यक्षमा कार्की



सोलुखुम्बु, चैत २ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति सोलुखुम्बुको अध्यक्षमा खिलक कार्की चयन भएका छन्।

संगठनको शनिबार सम्पन्न १३ औं जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निबर्तमान जिल्ला अध्यक्ष टंक दाहालले जानकारी दिए।सर्बसम्मत रूपमा चयन भएको कार्यसमितिको उपाध्यक्षद्वयमा झनक बहादुर बस्नेत र अम्बिका बस्नेत,सचिवमा चित्र बहादुर कार्की, सहसचिवमा दुर्गा कुमारी कार्की, कोषाध्यक्षमा भेषराज पौडेल र सह सचिवमा गंगा राउत चयन भएको उनले बताए।

सदस्यहरुमा राम बहादुर बस्नेत,घना बहादुर कार्की,लाक्पा शेर्पा, निर बहादुर राई, फुरी शेर्पा,छत्र बहादुर राई र किशोर कुमार बस्नेत चयन भएका छन् । बाँकी रहेका सदस्यहरुलाई समितिको पहिलो बैठकबाट पूर्णता दिइने बताइएको छ ।

अधिबेशनको उद्घाटन सत्र नेपाल राष्ट्रिय शिक्षक सगंठनका केन्द्रिय सदस्य मानकाजी राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। संगठनका अध्यक्ष टंक प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,सचिब कल्पना राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्