जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट दुई जना पक्राउ



उदयपुर,२ चैत।१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतामाई गाउँपालिका-६ बनिगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउत छन्।उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्