पेप्सीकाेलामा पनि खुल्यो साथी रेष्टुरेन्टकाे शाखा



काठमाडौं । रेल तथा साथी रेष्टुरेन्टले पेप्सीकोला हरहमहादेव मन्दिर बिष्ट गाउँ नजिकै नयाँ शाखा बिस्तार गरेको छ।

नेपाली ब्यबसायीहरुको समूहले केही बर्ष अघि नयाँ बानेश्वरको बुद्धनगर रेल रेष्टुरेन्ट नामबाट सुरुवात गरेको यो ब्यबसाय बिस्तार गर्दै एक बर्षअघि मात्रै ललितपुरमा दुईवटा शाखा विस्तार गरेकाे थियोे । सोही समूहले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहित पेप्सीकाेला पनि अर्काे शाखा सञ्चालनमा ल्याएको हो । यो रेस्टुरेन्टको चाैथाे शाखा हो ।

शाखा विस्तार गर्ने क्रममा व्यवस्थापन पक्षले आवश्यक सर्भेसमेत गरेको बताईएको छ । यस क्षेत्र र आसपासमा स्वादिष्ट परिकारसहितको गुणस्तरयुक्त रेस्टुरेन्ट नभएकाले स्थानीय ग्राहकको चाहना र आवश्यकता पूर्ति गर्ने उद्देश्यले साथी रेष्टुरेन्टको सो शाखा सञ्चालनमा ल्याइएको सञ्चालक सुदन बन्जाडेले बताए ।

हाइजेनिक र स्वादिष्ट खाना अनि शान्त तथा पूर्ण पारिवारिक वातावरण रेस्टुरेन्टको विशेषता रहेको उनले बताए।उनका अनुसार, एक सय जनाभन्दा बढी ग्राहकलाई एकैपटक सेवा प्रदान गर्न सक्नेगरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। आफुहरुको उद्देश्य उपत्यका बाहिर पनि शाखा विस्तार गर्ने रहेको उनी बताउँछन् ।

रेस्टुरेन्ट व्यवस्थापन पक्षले खानाका पारखीहरूलाई गुणस्तरीय रहेरउदेश्य सेवा उपलब्ध गराउने पनि जनाएको छ । यति हुँदाहुँदै पनि सेवा सुबिधासहित अन्य रेष्टुरेन्टभन्दा मेनु पनि कम रहेको दाबी व्यवस्थापन पक्षको छ । सस्तो मूल्यमा उत्कृष्ट हाइजेनिक अनि स्वादिष्ट खाना तथा खाजाका विभिन्न परिकार खुवाउने र विदेशी र स्वदेशी दुवैलाई ध्यान दिएर मेनु रकम निर्धारण गरिएको बन्जाडे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्